दफा ३६
शव परीक्षण र व्यवस्थापन गर्ने
: (१) प्रचलित कानून बमोजिम शव परीक्षण गर्न अख्तियार प्राप्त चिकित्सकले तोकिए बमोजिम शव परीक्षण गर्नु पर्नेछ।
(२) शव परीक्षण पश्‍चात बेवारिसे शवलाई तोकिए बमोजिमको प्रक्रिया पूरा गरी चिकित्सा शास्त्रको अध्ययनमा सदुपयोग गर्न सकिनेछ।